एनआरएनए कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई ९ मा हुँदै (निर्वाचन कार्यतालिका सहित)

टोकियो । गैरआवासीय नेपाली संघ जापान (एनआरएनए)को कान्तो क्षेत्रीय समितिको ५ औ अधिवेशनको लागि उम्मेदवारी दर्ता तथा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

उम्मेदवारी दर्ताका लागि जुलाई २ तारिख आईतवार ११ बजे देखि ५ बजेसम्मका लागि समय तालिका सहितको आचारसंहिता तथा कार्यविधि सार्वजनिक गरिएको हो ।

निर्वाचन समितिले संयोजकलाई ३० हजार येन, सह-संयोजकलाई २५ हजार येन, सचिव, सह-सचिव तथा कोषाध्यक्षलाई २० हजार येन र सदस्यहरुलाई १५ हजार येन दर्ता शुल्क तोकेको छ l

निर्वाचन समितिले अन्तिम नामावली जुलाई ४ तारिख राती १० बजे सार्वजनिक गर्ने जनाएको छ ।

त्यस्तै गरी निर्वाचन समितिले सहमतिका लागि ७ तारिखसम्म पहल गर्ने जनाएको छ । यदि सहमति हुन नसकेमा ९ तारिख सन् २०१७- २०१९ को नयाँ कार्यसमितिको लागि निर्वाचन गराउने छ ।

क्षेत्रीय समिति १३ सदस्यीय रहने छ । जापान भरिका १३ क्षेत्रीय समिति मध्ये कान्तोलाई विशेष रुपले हेरिने गरेको छ । कान्तोमा मात्र ६ हजार ८३ जना सदस्य रहेको छ ।

तीन सदस्यीय निर्वाचन समितिको संयोजकमा शालिकराम भण्डारी, सदस्यहरुमा विशेश्वर रेग्मी र विकाश श्रेष्ठ रहेका छन् ।

निर्वाचन कार्यतालिका यस प्रकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?