कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई ९ मा हुँदै

टोकियो । गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ ।

अधिवेशनलाई मध्ये नजर गर्दै ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

निर्वाचन समितिको संयोजकमा शालिकराम भण्डारी, सदस्यमा विकाश श्रेष्ठ र विशेश्वर रेग्मी रहेका छन् ।

सो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने बुझिएको छ ।

क्षेत्रीय समितिका अनुसार जुलाई ९ तारिख बिहान ९:३० बजेबाट सेकाचु सानको प्लाजा (हिगाशी इकेबुकुरो) मा अधिवेशन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?