जापानमा अधिकारीको नेतृत्वमा १५ सदस्यीय काउन्सिल गठन

टोकियो । जापानमा ग्लोबल गोर्खा नेप्लिस काउन्सिल गठन भएको छ । विश्व अधिकारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

काउन्सिलको वरिष्ठ उपाध्यक्षमा मिना कुमारी श्रेष्ठ, उपाध्यक्षमा रिता खत्री, तेज लामा, गोकर्ण वर्तौला, महासचिवमा सोम लम्साल, सचिवमा चेतन घर्ति मगर, रविन्द्र उप्रेती र कोषाध्यक्षमा शान्ता जिसी चयन भएका छन् ।

त्यस्तै गरी सदस्यहरुमा दिपक कार्की, इश्वर थापा, मदन थापा, सुदिप लामिछाने, समुद्र राज पौडेल र रमेश अर्याल रहेका छन् भने संरक्षकमा उत्तम कुमार श्रेष्ठ चयन भएका छन् ।

प्रकाश पौडेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा एनआरएन जापानका महासचिव अनुज थापा रहेका थिए । वेलायतबाट कार्यक्रमका लागि जापान आईपुगेकी कलाकार अनिता लिम्बुको विशेष उपस्थिती रहेको थियो भने अतिथिहरुमा एनआरएन महिला प्रतिनिधि कालिका थापा, जनप्रगतिशिल मन्च जापानका उपमहासचिव बाबुराम पौडेल, जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्की लगायत वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?