एनआरएनए जापानद्वारा सदस्यहरुको नामावली प्रकाशित (नामावलीसहित)

टोकियो  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पुरानो तथा नयाँ सदस्यता सदस्यहरुको नामावली प्रकाशित गरेको छ ।

मिति २०१७ मार्च १२ तारिख सम्म र पछि ४ दिन थप गरी जुन महिनाको ४ तारिखसम्म आवहान गरिएअनुरुप १३ क्षेत्रबाट प्राप्त भएका आवेदनलाई आधारमा सदस्यहरुको नामावली प्रकाशित गरिएको हो ।

एनआरएनए जापानले जारि गरेको विज्ञप्ति अनुसार दावी विरोधको समयाविधि जुन ११ देखि १३ सम्म भएकोले सदस्यताका लागि आवेदन दिएका सवैले नामावली सूचीमा आफ्नो नाम रहे नरहेको चेक गर्न अनुरोध गरेको छ ।

सो नामावलीमा जुन २ तारिखसम्म सदस्यता शुल्क तिर्नेको नामावली मात्र प्रकाशित गरिएको छ । नामावली प्रकाशित नभएकाहरुले फोटो, परिचय पत्र, फोन नम्वर, सदस्यता शुल्क तिरेको रसिद एनआरएनए कार्यसमिति र क्षेत्रीय समितिमा सम्पर्क गर्न जारि विज्ञप्तिमा भनिएको छ ।

अन्तिम नामावली जुन १५ तारिख प्रकाशित गरिने जनाएको छ ।

 

[pdfjs-viewer url=”http%3A%2F%2Fjapansandesh.com%2Fwp-content%2Fuploads%2F2017%2F06%2F01-Verified-members-Kanto.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?