जापानमा मृत्यु भएका डाँगीको शुक्रबार अन्त्यष्टि गरिने, सहयोगका लागि अपिल

टोकियो । झापाको शनिश्चरे–३ घर भई हाल जापानमा कार्यरत रहेकै बेला मृत्यु भएका खेमराज डाँगीको अन्त्येष्टि यहि अप्रिल २१ मा गरिने भएको छ ।

८ महिना अगाडी जापान आएका डाँगी कामतास्थित राईस सेन्टर (बेन्तो) मा कार्यरत थिए । उनको यही १५ अप्रिलमा मृत्यु भएको थियो ।

डाँगीको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली एवं अन्त्येष्टि २१ तारिक शुक्रवार दिउँसो दुई बजे निशी गोताण्डास्थित किरीगीया साईज्योउमा गरिने तय भएको एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी जानकारी दिए ।

झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अन्त्येष्टी कार्यक्रममा सहभागी भई मृत आत्माकोचिरशान्तिको कामना गर्न आग्रह गरेका छन् ।

डाँगीको अस्तु यथाशिघ्र नेपाल पठाउनका लागि आवश्यक सबै तयारी गरिएको पनि काफ्लेले जानकारी दिए । मृतक डाँगीको श्रीमती, छ जर्षका नाबालक छोरा र बाबु आमा नेपालमा छन् ।

डाँगीको पारिवारीक अवस्था अत्यन्तै कमजोर रहेकाले उनको अस्तु नेपाल लान र नाबालक छोराको पठन पाठनमा सहयोग पुर्याउनका लागि जापानस्थित संघ संस्थाहरु र नेपालीहरुमा झापाली समाजले आह्वान गरेको छ । डाँगीको सुतेकै अवस्थामा आकस्मिक मृत्यु भएको थियो ।

श्रद्धान्जली कार्यक्रम १:३० मा तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२० 東京都品川区西五反田5-32-20  मा हुने छ । सहभागिताका लागि  देवीलाल भण्डारी ( उपाध्यक्ष – एनआरएन जापान ) ०८०-४७१७-४८८६ तुल्सी पाठक (अध्यक्ष- झापाली समाज जापान) फोन नं : ०९०-३४१६-२०४३, चुडामणि काफ्ले ( महासचिव – झापाली समाज – जापान) ०७०-३८५०-९५९७ राजकुमार कुँवर ( मृतकको सालो ) ०८०-३७०७-९७०० सम्पर्क गर्न सकिने छ ।  अार्थिक सहयोगको लागि राजकुमार कुँवरकाे  खाता नं : १८१२०- ३२२३०४११ मा रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?