कानागावामा यसरी गराइयो नेपालको चिनारी, नेपालको बहू-संस्कृति जान्दा जापानी भए दंग

टोकियो । प्रवासमा रहेका नेपालीहरुले आफ्नो देश चिनाउनका लागि बेला बेलामा विभिन्न खाले प्रचारात्मक कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । विक्रम सम्वत् २०७४ को अवसर पारेर जापानको योकोहामामा नेपालको प्रवद्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर कानागावा नेपाली समुदायद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत् कानागावामा रहेका नेपाली समुदाय र जापानी समुदायबीच भावनात्मक एकता कायम गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रम मार्फत् त्यस क्षेत्रमा रहेका जापानीहरुलाई नेपालको चिनारी गराइएको थियो । नेपालको साँस्कृतिक धरोहरहरु, पुरातात्विक सम्पदाहरु, पर्वतीय सम्पदाहरुका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रम मार्फत् नेपालको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष हरी सापकोटाले बताए । कार्यक्रममा जापानमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने स्थानीय जापानी नागरिकहरुले पनि निकै चासोका साथ कार्यक्रममासहभागिता जनाएका थिए । यसै कार्यक्रम मार्फत् कानागावामा नेपाली समाजको गठन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?