जापानबाट पाण्डेले दिए कोसेली–’बानी मेरो यस्तै छ हाँस्ने बोलनी’ (भिडियो सहित)

टोकियो । सुमधुर स्वरका धनी रमेश पाण्डे (छबी) ले नयाँ सांगितीक कोसेली बजारमा ल्याएका छन् ।

जापानमा रहेका पाण्डेले कामबाट बचेको समयलाई सदुपयोग गर्दै ’बानी मेरो यस्तै छ हाँस्ने बोलनी’ बोलको दोहोरीको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

उनको एल्बममा चर्चित लोक गषयिका जमुना सनमले साथ दिएकी छिन् । सागर विरहीको शब्द रहेको उक्त म्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका छन् ।

भिडियोमा प्रकाश सपुत र करिश्मा ढकालको अभिनय देख्न पाइन्छ । सनम क्रिएसनले बजारमा ल्याएको म्युजिक भिडियोको छायंकन भने दुर्गा पौडेलले गरेका हुन् ।

गायक पाण्डेले प्रवासमा रहेर पनि नेपाली संगित प्रतिको लगाव छाड्न नसकीएको र आगामी दिनमा थप उर्जाका साथ प्रस्तुतहुने बताए । उनी हाल टोकियो रोधी क्लबमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?