भारतमा फैलदै डोरी तान्ने जापानी खेल

टोकियो । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालकी राष्ट्रपतिलाई स्वगत गर्न पाउनु भारतका लागि गर्वको कुरा भएको उल्लेख गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा करिब एक हजार ४ सय विद्यार्थीले जापानी शैलीकोको एक खेलमा सहभागिता जनाएका छन् ।

गैह नाफामुलक एक जापानी संगठनले भारतीय बालबालिकालाई जापानी शैली देखाउनका लागि यो प्रतियोगिता आयोजना गरेको हो । कार्य कौशल देखाउने यो प्रतियोगिताबाट बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने छ ।

प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई चार अलग अलग समुहमा यो खेल खेलाइएको थियो । विद्यार्थीहरुले जापानी खेल नियम अनुसार डोरी तानेर दोडिएका थिए ।

दुई समुहले दुई तिरबाट डोरी तान्ने र जस्ले विपरित समुहलाई घेरा भन्दा वर तान्न सक्छ उहि विजयी हुने नियम खेलको छ । प्रतियोगितामा सहभागि एक छात्रले आफुले जापानी खेल खेलेर निकै आनन्द लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?