‘ धुर्मुस सुन्तली साँझ २०१७ ’ मा सहभागी हुनेलाई सिटि एक्सप्रेसको विशेष अफर

जापान । जापान बाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटि एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने धुर्मुस सुन्तली साँझ २०१७ को लागि भोलिबाट अप्रिल २९ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ ।

लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्राप्त हुनेछ । साथै अप्रिल ३० मा सम्पन्न हुने धुर्मुस-सुन्तली साँझमा सहभागीहरुले सिटि एक्सप्रेसबाट नेपालका शाखाहरुमा पैसा पठाउँदा सर्भिस चार्ज नलाग्ने पनि सुविधा प्रदान गर्ने सिटि एक्सप्रेसले बताएको छ ।धुर्मुस सुन्तली सिटि एक्सप्रेसका ब्राण्ड एम्बासडर र धुर्मुस सुन्तली साँझ २०१७ कार्यक्रममा इभेन्ट स्पोन्सर समेत हुन् ।

नेपालमा भूकम्प पीडित तथा अन्य दुखि गरिवहरुलाई सहयोग गर्ने उदेश्यले ‘धुर्मुस-सुन्तली साँझ २०१७ ’ सनराईज कर्पोरेसन लिमिटेडले आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?