जापानका अचम्मका क्याफे, रेष्टुरेन्ट र पर्यटकीयस्थलहरु

जापानका प्रख्यात पर्यटकीय ठाउँहरु जसका आआफ्नै विशेषताहरु छन्  

रोबोट रेष्टुरेन्ट
जापानको रोबोट रेष्टुरेन्ट विश्वमा नै प्रख्यात मानिन्छ । दश फुट लामो रोबोट अनि ४० फुट लामा लामा रोबोटिक सर्पहरु अनि कामुक ग्यालेक्सी परिहरु एक साथ रेष्टुरेन्टमा देखिएका हुन्छन् । दुई सय पचास मिलियन खर्च गरेर बनाईएको यो रेष्टुरेन्टमा दर्शकका लागि विभिन्न रोमान्चक सुविधाहरु उपलब्ध गराईएका छन् ।रेष्टुरेन्ट अवलोकनका लागि प्रतिव्यक्ति ६० डलर तिर्नुपर्ने नियम बनाईएको छ ।

 २० स्टोरको काराओके होटल
रोबोट रेष्टुरेन्टको नजिकै ह्याट अथवा हिल्टन जस्तो देखिने सम्पूर्ण होटल काराओकेमा समर्पण गरिएको छ । जहाँ हरेक व्यक्तिले आफ्नो कोठा, विभिन्न मदिराहरु वियर, वाईन सेवन गर्न सक्छन् । साथै उनीहरुले आफुलाई मन पर्ने गित गाउन र नाच्न सक्छन् ।
मेड क्याफे
जापानमा तपाईलाई एक्लै बस्दा दिक्क लागिरहेको हुनसक्छ त्यस्तो बेलामा मेड क्याफेमा गएर तपाईले रमाईलो गर्न सक्नुहुन्छ । जहाँ अधवैशे आईमाई देखि स्कुल पढ्दै गरेका युवतीहरु सुमधुर पप गित र म्युजिकमा नाचिरहेका हुन्छन् ।

टेकसिता स्ट्रिट
यो स्ट्रिट अत्यन्त व्यस्त सहरको बाटो हो जहाँ हाराजुकुका केटीहरुका लागि प्रख्यात मानिन्छ । तपाई यो स्ट्रिटमा हिडिरहनु भएको छ भने ति केटीहरुसंग नलजाईकन सेल्फी खिच्न सक्नुहुनेछ । किनकी उनीहरु त्यहाँ घुम्न आउने पर्यटकहरुका लागि सेल्फी खिच्नको लागि सहयोग गर्न उपस्थित भएका हुन्छन् ।

लाटोकोसेरो र विरालो क्याफे
यो जापानको पुरानो कफी खाने ठाउँ हो जहाँ तपाईले कफी पिउँदा लाटोकोसेरो र विरालोहरुको बारेमा लेखिएका रमाईला शव्दचित्र अंकित पुस्तकहरु पढ्न पाईन्छ ।

त्यस्तो रेष्टुरेन्ट जहाँ अकल्पनीय सत्कार गरिन्छ
टोकियोको उत्तरमा रहेको एउटा रेष्टुरेन्ट जहाँ आउने ग्राहकहरुलाई दुई बाँदरहरुले आफैले टावेल र वियर ल्याएर स्वागत गर्छन् । जसका बापत ग्राहकले पनि ति बाँदरहरुलाई टिप्स दिने गर्छन् । दुई बाँदरहरुले दिनको २ घण्टा मात्र त्यसरी काम गर्छन् ।

 विधुतीय सहर
जापानको आकिहावारा आकालाई विधुतीय सहरको रुपमा चिनिने गरिन्छ । जहाँ विभिन्न विजुली बत्तिहरु सहित मानिसहरु एक आपसमा खेलिरहेका हुन्छ । सिगा स्टोरको छैठौ तल्लामा प्रवेश गरिसकेपछि २ घण्टा सम्म हजारौ मानिसहरु निशुल्क त्यहाँको मनोरन्जन लिईरहेको त्यहाँ देख्न सकिन्छ । त्यहाँ उपस्थित हुने हरेक व्यक्तिको अनुहारमा धेरै खुसि देख्न सकिन्छ ।
बाँदर हिमाल
जापानको आरासियामा मन्की पार्कमा सैयौं बाँदरहरु घुमिरहेका देख्न सकिन्छ । पर्यटकहरुका लागि यो पार्क पनि प्रख्यात मानिन्छ । त्यो पार्कमा बाँदरका लागि भनेर छुट्टै हावामा स्याउ लगायतका फलफुलहरु झुण्डाएर राखिएको हुन्छ

बाँसको जंगल
अरासीयामामा रहेको बाँसको जंगल पनि पर्यटकहरुका लागि प्रख्यात मानिन्छ । त्यस जंगलको आसपास पुरानो तौरतरिकाले सजिएका मानिसहरु उपस्थित भएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?