फुकुसीमाबाट आयो अर्को डरलाग्दो तथ्यांक, पीडित बालबालिकालाई झन् पिडा

टोकियो । जापानको शिक्षा मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार फुकुसीमाको आणविक प्रकोप पीडित बालबालिकामाथि अपमानजनक व्यावहार हुने तथ्य सार्वजनिक भएको छ ।
सन् २०११ मा फुकुसीमामा गएकोभूकम्प र त्यसपछि आएको सुनामी र आणविक चुहावटमा परि पीडित भएका बालबालिका माथि गम्भिर दुव्र्यवहार हुने गरेकोतथ्य सार्वजनिक भएको हो ।

शिक्षा मन्त्रालयले गरेको अध्ययन अनुसार आणविक प्रकोप पश्चात् घर छाड्न बाध्य भएका परिवारका बालबालिकामाथि अपमानजनक हर्कत भएको पाइएकोहो ।

सन् २०१५ मा ७० र ०१६ मा १ सय ३० वटा अपमानका घटना दर्ता भएका थिए ।

त्यस्ता बालबालिकालाई उनीहरुले आश्रय लिएर बसेकोस्थानमा मानिसहरुले हेपेर बोलाउने, कुट्ने, अनावश्यक गाली गर्ने र सामान चलाएको नाममा दण्ड दिने लगायतका छन् ।

यसरी आफ्नो घर गुमाएर आश्रयमा पुगेका बालबालिकालाई तनाव दिइनु सामाजिक न्यायकोसिद्धान्त विपरित भएकालेउनीहरुलाई कारबाही हुने मन्त्रालयलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?