साकुरा समारोह, दश वर्षे वालकले बनाए अनौठो आकृति

टोकियो । यतीबेला जापानभर साकुरा अर्थात चेरीको फुल फुलीरहेको छ । साकुराकै दर्शनका लागि जापानमा वर्षेनी हजारौं पर्यटक आउने गर्दछन् । यो त सामान्य कुरा भयो । टोकियोमा बच्चा सहित दश जनाको एक समुह बनेको छ, सेतागायामा खाली घरमा उनीहरुले एक समारोहकै आयोजना गरे ।

एक दश वर्षे बालकलेसाकुराको फुलकोअनौठो आकृति नै बनाएका थिए ।

जहाँ साकुराको फुललाई यसरी सजाइएको थियो कि जहाँ साकुराको बोट मुनी सयौं मानिसहरु पिकनीक खाइरहेको जस्तो देखिन्थ्यो ।

यस्तो समारोह टोकियोमा मात्रै हैन देशका विभिन्नस्थानहरुमा आयोजना गरिएको छ । जहाँसाकुराको फुललाई विभिन्न स्वरुप बनाएरसजाइएको हुन्छ । उक्त समारोह हेर्नकै लागि सयौं पर्यटक त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?