जापानी विद्यार्थीमा अंग्रेजी भाषाको समस्या भएको सरकारी सर्वेक्षणद्वारा पुष्टि

जापान । जापानका सरकारी विद्यालयहरुमा शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणमा विद्यार्थीहरुको अंग्रेजी भाषा सिकाई राम्रो नभएको  देखिएको छ ।

जापान सरकारले अंग्रेजी भाषामा दक्षता हासिल गराउने बारेमा लिएको लक्ष्य भन्दा धेरै कम मात्रामा विद्यार्थीहरुले अंग्रेजी भाषामा दक्ष भएको सर्वेक्षणमा देखिएको छ ।

सन् २०१६ सालको डिसेम्बर महिनामा सिनियर हाईस्कूलका ३६.४ प्रतिशत विद्यार्थीहरुले अंग्रेजी भाषाको ईकेन टेस्ट परिक्षामा पीआरई २ ग्रेड हासिल गरेका थिए जुन अंग्रेजी भाषाको प्रयोगात्मक परिक्षामा अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले राम्रो हो ।

तर जापानी सरकारले भने अंग्रेजी भाषामा तेस्रो वर्षका ५० प्रतिशत  विद्यार्थिहरुले  त्यो ग्रेड ल्याउने लक्ष्य लिएको थियो । तेस्रो वर्षका विद्यार्थीहरुले २०१७ को मार्च महिना भित्रमा त्यो ग्रेड सहित अंग्रेजी भाषामा श्रेष्ठता हासिल गर्नु पर्ने लक्ष्य नदेखिए पछी जापानी सरकारको अनुमान गलत सावित भएको हो ।

जापानमा अंग्रेजी भाषामा लिईने ईकेन टेस्ट ईकेन फाउन्डेसन, जापानले संचालन गर्दै आईरहेको छ । जसमा ग्रेडिंगको आधारमा अंग्रेजी भाषाको दक्षता निर्धारण गरिन्छ । सरकारले गरेको सर्वेक्षणमा तेस्रो वर्षका ३६.१ प्रतिशत  जुनियर माध्यमिक तहका विद्यार्थीहरुले ग्रेड ३ र त्यो भन्दा राम्रो अंक सहित नतिजा हासिल गरेका छ ।

सिनियर विद्यार्थीहरुको हकमा जस्तै जुनियर विद्यार्थीहरुको हकमा पनि सरकारले लिएको ५० प्रतिशत विद्यार्थी उतिर्ण हुने लक्ष्य असफल देखिएको छ ।

माथिको सर्वेक्षणले मात्र पनि प्रधानमन्त्री सिन्जु आवे नेतृत्वको सरकारले लिएको लक्ष्य असफल हुँदै गएको देखिएको छ ।

शिक्षा क्षेत्रका विज्ञहरुले जापानी विद्यार्थीहरुले अंग्रेजी भाषामा राम्रो दख्खल राख्न नसक्नुको कारण भने मनोविज्ञान, सांस्कृतिक तथा भाषिक जटिलता र दुई भाषा विचको व्याकरणका साथै उच्चारणको समस्याको कारण भएको बताएका छन् ।

लिसेस्टर युनिभर्सिटी, बेलायतका भाषा सम्बन्धि प्रोफेसर जिम किंगले जापानी विद्यार्थीहरुले अंग्रेजी भाषा बोल्दा गल्ति भयो भने आफ्नो ईज्जत गुम्ने भन्ने बेग्लै संकीर्णताका कारण उनीहरुलाई अंग्रेजी भाषा सिकाईमा समस्या भएको अनुमान व्यक्त गरेका छन् ।

किंगले जापानका विभिन्न युनिभर्सिटीका ९२४ विद्यार्थीहरुको बानि व्यहोरालाई अनुसन्धान गरेका थिए ।

जापानको शिक्षा, संस्कृति, खेलकुद तथा विज्ञान प्रविधि मन्त्रालयले माध्यमिक तहमा अंग्रेजी भाषाको पढाईमा सुधार ल्याउनु पर्ने बताउँदै पाँच कक्षा देखि अंग्रेजी भाषालाई अनिवार्य पाठ्यक्रममा विकास गरिने बताएको छ ।

विभिन्न देशहरुमा पढ्नको लागि आवश्यक अंग्रेजी भाषाको टेस्टहरु जस्तै आईएलटिस, टोफेल ईकेन टेस्ट पनि जापानमा अनिवार्य जस्तै बन्दै गएको छ ।

विभिन्न रोजगारी देखि युनिभर्सिटीमा भर्ना हुन पनि ईकेन टेस्ट दिएको हुनुपर्ने प्रावधान जापानमा राखिएको छ ।

ईकेन टेस्टमा २ ग्रेड ल्याउने विद्यार्थीहरुलाई अंग्रेजी भाषा बुझ्न र प्रयोग गर्न सक्षम व्यक्तिको रुपमा लिईने ईकेन फाउन्डेसन जापानले बताएको छ ।त्यस्तै ग्रेड ३ अंक ल्याएका विद्यार्थीहरुलाई ग्रेड २ भन्दा धेरै सक्षम मानिन्छ ।

अंग्रेजी भाषामा कति जापानी विद्यार्थीहरु सक्षम भए भनेर बुझ्न जापान सरकारको शिक्षा मन्त्रालयले १२८५० सरकारी हाईस्कुलमा सर्वेक्षण गरेको थियो ।

त्यस्तै सिनियर हाईस्कूलमा पढाउने शिक्षकहरुमा लिईएको सर्वेक्षणमा ६२.२ प्रतिशत शिक्षकहरुले प्रि १ ग्रेड हासिल गरेको जसलाई अंकमा रुपान्तरण गर्दा ४.९ हुन्छ भने जुनियर हाईस्कूलका ३२ प्रतिशत शिक्षकहरुले १.८ अंक भन्दा माथिको श्रेष्ठता हासिल गरेको सर्वेक्षणले देखाएको थियो ।

प्री-१ ग्रेड एकेन फाउन्डेसनले अंग्रेजी भाषा परीक्षाको दोस्रो उच्च नतिजा मानिन्छ ।

यसरि जापानमा सरकारले लिएको लक्ष्य जस्तो अंग्रेजी भाषाको सिकाई र प्रगति विद्यार्थीहरुमा नदेखिएको सरकारले नै लिएको सर्वेक्षण द्वारा पुष्टी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?