आयो डरलाग्दो प्रतिवेदन, २८ प्रतिशत विदेशीमाथि जापानमा हुन्छ भेदभाव

टोकियो । जापानका जनता अत्यन्तै भलाद्मी भए पनि विदेशीले भेदभाव सहनपर्ने अवस्था आउनु चिन्ताको विषय भएको जापान सरकारले जनाएको छ ।
मन्त्रालयको सर्वेक्षण अनुसार २८ दशमलव ८ प्रतिशत विदेशी भेदभावको शिकार भएको उल्लेख छ ।

भेदभावमा परेका मध्ये ५३ दशमलव ३ प्रतिशतले अपमानजनक व्यवहार भोग्नुपरेको जनाइएको छ । जसमा अपरिचित व्यक्तिबाट यस्ता विदेशीहरु पीडित भएको उल्लेख छ ।

यस्तै भेदभावमा पर्ने मध्ये ३८ दशमलव ८ प्रतिशत अध्ययन गर्ने कलेज र कामगर्ने कार्यस्थलमा भेदभावमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै १९ प्रतिशतले भने बासस्थानमा दुब्यवहार भोग्न बाध्य हुने गरेको उल्लेख छ ।
प्रश्नावली शैलिमा गरिएको सर्वेक्षणमा कार्यस्थलमा जातियताका आधारमा र क्षेत्रियताका आधारमा भोग्नुपरेका दुब्र्यवहारका बारेमा प्रश्न सोधिएको थियो । यस्तै सार्वजनिक यातायातका साधनहरुमा हुने दुब्र्यवहारका बारेमा पनि प्रश्न राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?