जापान बस्दा गाउँ घरको याद आयो, साइतामा जानु्स्, आरु फुलेको छ

टोकियो । आरु, नेपालहिरुका लागि चिर परिचित फल हो । जापानमा रहेका नेपालीहरुलाई गाउँ घरको याद आइरहेको छ यतीबेला ।

किनकी जापानका चोक चोकमा आरु फुलीरहेका छन् । टोकीयो नजिकै विभिन्न स्थानहरुमा यतीबेला आरुको फूलहरु फुलेका छन् ।

टोकीयो नजिकैको साइतामास्थित एक गाउँमा आरको खेती गरिएको छ । उक्त बगैचामा रहेका करिब पाँच हजार बोटमा यतीबेला आरु फुलीरहेको छ ।

१० वर्ष भन्दा पहिला स्थानीय बासिन्दाले खालि जग्गामा आरुका विरुवा लगाउन सरु गरेका थिए । यस क्षत्ेत्र समुद्री सतहबाट करिब ४ सय देखि ६ सय मिटरको बीचमा रहेको छ ।
फिक्का गुलाबी रंगका फूलहरुले मानिसहरुलाई मंत्रमुग्ध बनाइ रहेकौ छ । अनि अहिले जापानका विभिन्न सहरहरुको चोक चोकमा पनि आरु लगाउने चलन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?