नयाँ शक्ति अन्तर्राष्ट्रिय समाज जापानको अध्यक्ष पदका लागि ढकालद्वारा उम्मेद्वारी घोषणा

टोकियो । नयाँ शक्ति नेपालको प्रादेशिक सदस्य तथा महिला विभागको केन्द्रीय सदस्य समेत रहेकी सरिता ढकालले प्रवास कमिटी अन्तर्गत अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् ।

समाजको २५ तारिखमा अधिवेशनको मिति तय गरे लगतै ढकालले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले अघि सारेको “अबको निकास, आर्थिक विकास, समृद्वि सम्भव छ हाम्रै पालामा” ले मात्र नेपाललाई समृद्व बनाउन सक्ने भएकोले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताईन् ।

महिला हिंसा र लैंगिक हिंसा, चेलीबेटी बेचबिखन देखि महिला दमनसम्मका महिलाको समस्यालाइ उजागर गर्दै अगाडि बढ्ने आफ्नो सिद्धान्त रहेकाले उम्मेद्बारी दिएको बताईन ।

उनले अबको जीवन जनताको सेवामा समर्पित गर्दै प्रत्यक्ष राजनीतिमा होम्मिनका लागेको बताउदै नयाँ शक्ति समर्थित सम्पूर्ण साथीहरुलाई अध्यक्ष पदमा विजयी गराउनका लागि सहयोगको अपिल समेत गरेकी छिन् । उनी हाल गोरखा समाज जापानको सल्लाहकार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?