जापानी संसदमा तत्काल विवाद समाधान नहुने, प्रधानमन्त्री आबे तनावमा

टोकियो । पश्चिम जापानस्थित ओसाकाको एक विद्यालयलाई बेचीएको सरकारी जग्गा प्रकरण तत्काल साम्य नहुने देखिएको छ । यहि विवादका कारण जापानको संसदमा सत्तारुढ र विपक्षीबीचको विवादले बढवा पाइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र अन्य तीन विपक्षी दलहरुले संसदमा यही विषयलाई उठाएर प्रधानमन्त्री सिन्जो आबेलाई तनाव दिइरहेका छन् । प्धानमन्त्री आबेले विवाद समाधानका लागि गरेका विभिन्न पहलहरुले साथृकता पाउन सक्ने देखिउको छैन ।
विपक्षी दलहरुले प्रधानमन्त्री सिन्जो आबेकी श्रीमतीले संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेका छन् भने सत्तारुढ दलले नियम संगत गरिएको कामलाई गल्तीका रुपमा लिन नहुने अडान लिइरहेका छन् । विपक्षीहरुले प्धानमन्त्री आबेलाई राजनीतिक स.कटमा पार्न ओजेको आरोप लागेको छ ।
मोरिमोरो गोकुएनका अध्यक्ष यासुनोरी कागोइकेले आइतबार संसदमा बोल्दै सन् २०१५ मा आबेकी पत्नीले चन्दाका रुपमा उक्त विद्यालयसँग ९ हजार डलर लिएको दाबी गर्दै उक्त रकमको हिसाब किताव सार्वजनिक गर्नुपर्ने र सार्वजनिक पदको दुरुपयोगथ गरेकामा जापानी जनतासँग माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?