रामेछाप समाज जापानको तोचिगी क्षेत्रीय समिति गठन

तोचिगी । रामेछाप समाज जापानको तोचिगी क्षेत्रीय समिति गठन भएको छ । समितिको अध्यक्षमा बुद्धिमान तामाङ चयन भएका छन् ।

समाजको उपाध्यक्षमा कृष्णबहादुर तामाङ र सुजन मोक्तान चयन भएका छन् । यस्तै महासचिवमा नकुल गौतम, सचिवमा सन्दीप केसी र डेविड लामा चयन भएका छन् भने कोषाध्यक्षमा दिपक तामाङ चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा रविन तिवारी, मन्दिरा गौतम, बिनु कार्की, लक्ष्मी केसी, प्रेम तामाङ, इमा छिरिङ गोल, गोविन्द पाख्रिन, टेकबहादुर वाइबा, मनोज बल, सुनिल थिङ, शशी तामाङ, सर्मिला तामाङ, सन्ध्या लामा र भानु तामाङ कार्यसमिति सदस्यमा चयन भएका छन् भने क्षेत्रीय समितिका प्रमुख सल्लाहकारमा सुरेन्द्र थिङ चयन भएका छन् ।

अधिवेशनमा रामेछाप समाज जापानका अध्यक्ष उत्तम कुमार श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए भने केन्द्रीय प्रमुख सल्लाहकार सुरेन्द्र लाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष सोम लामा, केन्द्रीय सदस्य योग्यराज श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?