जापानमा कुखुराको परिकार खाँदै हुनुहुन्छ ? उसो भए यो समाचारमा पनि ध्यान दिनुहोस

टोकियो । जापानको आत्म रक्षा वलले करिब दुई लाख ८० हजार बर्ड फ्लु लागेका पंक्षी नष्ट गरेको छ ।
जापानको मियागी र चिवामा यतीका धेरै परिमाणमा बोइलर कुखुरा लगायतका पंक्षी नेष्ट गरिएको हो । सरकारी अधिकारीहरुले बर्ड फ्लु सँगै एभियन फ्लु रोकथामका लागि यतीका धेरै पंक्षी नष्ट गर्नुपरेको बताउका छन् ।
आसी र चिवामा दुई लाख २० हजार र असाहीमा ६८ हजार कुखुरा नष्ट गरिएको शुक्रबार जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
जापान सरकारले कुखुराजन्य पदार्थ सेवन गर्नुभन्दा पहिले चिकित्सकीय विधी अनुसार पकाउन आग्रह गरेको छ । गत नोभम्बरदेखि जापानका विभिन्न स्थानहरुमा कुखुरा तथा पंक्षीहरुमा फ्लु देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?