उत्तर कोरियाले मिसाइल परिक्षण गरेको जापानको दावी

टोकियो । उत्तर कोरियाले आज विहान कयौँ मिसाईल परिक्षण गरेको जापानले दाबी गरेको छ ।

उत्तर कोरियाले गरेको परिक्षण विफल भएको पुष्टि जापानी समाचार एजेन्सी क्योदो जनाएको छ ।

पुर्वी वुन्सान क्षेत्रबाट मिसाइल आफ्नो तर्फ परिक्षण गरिएको जापानको दावी छ । मिसाइल परिक्षण सन्दर्भमा प्राप्त जानकारीको समिक्षामा व्यस्त रहेको जापानी मन्त्रिपरिषदका मुख्य सचिव योशीदी सुगाले बताएका छन् ।

दक्षिण कोरिया पनि मिसाइल परिक्षणको सूचना संकलनमा व्यस्त रहेको बताइएको छ । उत्तरले अमेरिका र दक्षिण कोरियाले युद्धको तयारी स्वरुप संयुक्त सैन्य अभ्यास प्रति आपत्ति जनाएको केही दिनमा मिसाईल परिक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?