किन गरे फ्रान्सका राष्ट्रपतिले आबेको प्रशंसा, के के भयो भेटवार्तामा ?

जापान । जापानका प्रधानमन्त्री सिन्जो आबेले फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्दसँग भेटवार्ता गरेका छन् ।

दुई शीर्ष नेताहरुका बीच परमाणु उर्जाको क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ ।
दुई नेताको भेटवार्ता पछि जारी गरिएको संयुक्त विज्ञप्तीमा हिन्द महासागरदेखि एसिया प्रशान्त महासागरसम्मको जलक्षेत्रको सुब्यवस्थाका लागि दुई देशबीच सहकार्य गर्ने उल्लेख छ ।

भेटवार्तामा जापानका अर्थ व्यवस्था मन्त्री हिरोशिगे सेको र फ्रान्सका पर्यावरण मन्त्री सेगोलेन रोयालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमति पत्रमा चीनको समुद्री गतिविधीलाई कम बनाउनका लागि दुई देशबीच संयुक्त अभ्यासको समेत सहमति भएको छ ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र फ्रान्सका उत्पादनहरुमा करको दर बढाउने तयारी गरिरहेका बेला दुई नेताले भने अमेरिकालाई त्यस्तो निर्णय नलिन आग्रह समेत गरेका छन् ।
छलफलका क्रममा ओलान्दले आबेलाई विश्वकै चम्कीलो ताराका रुपमा व्याख्या गरेका थिए । उनले आबे विश्वकै शालिन र उदाउँदो विश्व नेता भउको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?