युरोपमा के गर्दैछन् प्रधानमन्त्री आबे

टोकियो । चार दिने युरोप भ्रमणको लागि आइतबार जर्मनी पुगको जापानी प्रधानमन्त्री उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् ।

जर्मन चान्सलर एन्जेला मार्केलको निमन्त्रणामा व्यापारीक मेलामा समेत सहभागिता जनाएका प्रधानमन्त्री आबे सोमबार पनि व्यस्त रहे ।
जर्मनी,फ्रान्स बेल्जियम र इटालीको भ्रमण पश्चात् बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

आबेले युरोपियन आयोगका प्रमुख जिन क्लाउडे जुनकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रममा रहेको छ ।

जापानी प्रधानमन्त्री आबे इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीसँग भेटवार्तापछि बुधबार जापान फर्कने छन् ।

उनको युरोप यात्राको उद्देश्य पछिल्लो समय प्रशान्त क्षेत्रीय प्रायद्धिपमा देखिएको सुरक्षा चुनौतीको समाधान र ती देशहरुसँगको सम्बन्धलाई थप विस्तार र बलियो बनाउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?