जापानी प्रधानमन्त्री आबे युरोपको यात्रामा, यस्ता छन् एजेण्डा


टोकियो । जापानी प्रधान मन्त्री सिन्जो आबे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लागेका छन् । भ्रमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ ।

आबे जर्मनी,फ्रान्स बेल्जियम र इटालीको भ्रमण गर्न निस्कीएका हुन् । उनको यो युरोप भ्रमण अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले जापानको भ्रमण गरेको केही दिन पछाडी भएको छ ।

टिलर्सनको जापान भ्रमणको क्रममा उत्तरी कोरियाले बारम्बार क्षेस्यास्त्र परिक्षण गरी दिएको चेतावनीको विषयमा छलफल भएको बताइएको छ । टिलर्सनले टोक्योको भ्रमणपछि सोल र बेइजिङको पनि भंमण गरेका छन् ।

आबेले युरोपियन आयोगका प्रमुख जिन क्लाउडे जुनकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रममा रहेको बताइएको छ ।

जापानी प्रधानमन्त्री आबे इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीसँग भेटवार्तापछि आगामी बुधबार जापान फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?