इजिलिंकको सेवा अब शिन ओकुबोबाट

टोकियो । नेपालको पहिलो रेमिट्यान्स कम्पनी इजिलिंकले जापानबाट नेपाल पैसा पठाउन ट्रान्स रेमिट्यान्स इजिलिंक मनि ट्रान्सफरको सेवा अब टोकियोको अति नै ब्यस्त र नेपाली समुदायको बाक्लो जनघनत्व रहेको शहर शिनओकुबोबाट सेवा लिन सकिने भएको छ ।

इजिलिंक रेमिट्यान्सको नयाँ शाखाबाट ग्राहकहरुको लागि मार्च १३ तारिख सोमबारबाट सेवा आरम्भ गरिएको छ ।

ट्रान्स रेमिट्यान्स इजिलिंकले नेपाल, भियतनाम, फिलिपिन्स र कोरियाका ग्राहकका लागि समेत सेवा प्रदान गर्ने इजिलिंक मनि ट्रान्सफरका कार्यकारी निर्देशक डीपी अर्यालले जानकारी दिए ।

जापानभर कुल २६ वटा सेवा केन्द्रबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको इजिलिंक रेमिट्यान्सले अब शिनओकुबोको शाखाबाट पनि सेवा प्रदान गर्ने र ग्राहकलाइ आफुलाई नजिक पर्ने सेवा केन्द्रबाट सेवा लिनका लागि इजिलिंक रेमिट्यान्सका शाखा प्रबन्धक समिर खड्काले बताए ।

इजिलिंकले नयाँ शाखा संगसंगै ग्राहक महानुभावहरुको आवश्यकता र समयको मागलाइ मध्यनजर गर्दै २४ सै घण्टा नि:शुल्क ट्रान्सफर गर्न मिल्ने Remittance Card पनि बजारमा ल्याएको छ ।

कार्ड प्रयोग गर्दा छिटो/छरितो र धेरै नै सजिलो हुने कुरामा इजिलिंक परिवार विश्वस्त रहेको र ग्राहक वर्गहरुमा सो कार्ड प्रयोग गरि लाभ उठाउनका लागि इजिलिंकले अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?