जापानलाई अर्को सफलता, अब खगोलबाटै सुरक्षा सतर्कता

जापान । जापानले सफलता पुर्वक एक सूचना एकत्रित गर्ने खालको उपग्रह प्रक्षेपण गरेको छ ।
उपग्रह एचटु रकेट शुक्रबार स्थानीय समय अनुसार दश बजेर २० मिनेटमा दक्षिण पश्चिम जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो भने शनिबारसम्म उक्त रकेट सफलतापुर्वक पृथ्वीको कक्षबाट नजिक पुगेको छ ।
प्रक्षेपणको विस मिनेट पछि नै रकेटले पृथ्वीको पक्षको अन्तिम विन्दुलाई छोइसकेको थियो भने शनिबारसम्म यस्ले आफ्नो गति सुरक्षीत गरिरहेको छ ।
यो उपग्रहले विभिन्न खाले सुचना तथा तस्विरहरु पठाउने छ । यस अघि पनि जापान सरकारले विभिन्न खाले उपग्रहहरु प्रक्षेपण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?