पत्रकार महासंघ जापानको तेस्रो अधिबेशन अप्रिल १० मा

टोकियो । नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन आगामी अप्रिल १० तारिखमा हुने भएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष डा। महेन्द्र बिष्टको उपस्थितिमा टोकियोमा अधिवेशन हुन लागेको हो ।

अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्नेछ भने प्रबासबाट कलम चलाईरहेका उत्कृष्ट पत्रकारलाईै हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार कोष स्थापनाको घोषणा गरिने भएको छ ।
अधिबेशनको बिहानी सत्रमा महासंघको आन्तरिक बन्द सत्र हुनेछ भने अपरान्ह पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम हुनेछ । तत्पश्चातको खुल्ला कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा सभा हुने कुरा अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताए ।
आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको टिम निर्माण गर्न सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा महासंघकी केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहेको तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।

अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?