२०२० को ओलम्पिकबाट जापानले ३२ खर्ब येन फाइदा लिने प्रक्षेपण

टोकियो । जापानले विश्व खेलकुदको कुम्भ मेला ओलम्पिक २०२० को आयोजना गर्दै छ । यसका लागि विभिन्न चरणमा खेल मैदान निर्माणका काम भैरहेका छन् ।

टोकियो महानगरपालिकाले त खास कार्ययोजना सहित विभिन्न प्राविधिक पक्षलाई समेत मध्यनजर गर्दै पुर्वाधार निर्माण गरिरहेको छ । सन् २०२० को ओलम्पिक र प्यारा ओलम्पिकमो उद्घाटनमा हाइट्रोजन ग्यासको माध्यमबाट बत्ती बाल्ने देखि उद्घाटन सत्रमा आकासबाट तारा खसेको दृश्य देखाउने तयारीसमेत भैरहेको छ ।
यी सबै तयारीलाई लिएर टोकियो महानगरले ओलम्पिकको आम्दानी र खर्च प्रक्षेपण गरेको छ । महानगरले विश्व खेलकुदको कुम्भ मेलाबाट करिब ३२ खर्ब जापानी येन फाइदा हुने अनुमान गरेको छ । यस्तो फाइदा टोकियो महानगरभित्र हुने खेलबाट बढी हुने देखिएको महानगरले जनाएको छ ।
महानगरले टोकियोमा १५० अब डलर र बाहिरी खेल मैदानहरुमा ८७ अर्ब डलर खर्च हुने र खेल हेर्न आउने आगन्तुकहरुको खर्चका आधारमा टोकियोमा ३० अब र बाहिर १५ अर्ब डलर फाइदा हुने प्रक्षेपण गरिएको हो ।
यतीबेला टोकियो सहित जापानका विभिन्न सहरहरुमा अत्याधुनीक रंगशाला निर्माणको काम भैरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?