जापानी रेलमा यात्रा गर्दै हुनुहुन्छ, होस गर्नुस्, तपाईंको पनि भिडियो सार्वजनिक होला है ! (भिडियो सहित)

टोकियो । यात्रा गर्ने क्रममा सार्वजनिक सवारी साधन भित्रै मेकअप गर्न मिल्छ कि मिल्दैन ? यसबारे विभिन्न धारणा होलान् ।

तर, जापानको उक रेल कम्पनीले भने यसलाई अस्विकार गरेको छ । यस्तो कार्य निरुत्साहित गर्न उस्ले एउटा भिडियो समेत सार्वजनिक गरेको छ ।

रेलभित्र जथाभावि मेकअप गर्ने यात्रुलाई हतोत्साहीत गर्न रेलसेवा प्रदायक कम्पनी कम्पनी टोक्यु कर्पले भिडियो सार्वजनिक गरेको हो ।

कम्पनीको योजना रेलभित्र अशोभनीय हर्कत निरुत्साहित गर्ने रहेको जनाइएको छ । ३० सेकेण्ड लामा ती भिडियोहरु यसरी सुरु हुन्छन्–सहरका महिला सारै सन्दर छन् । तर, उनीहरु बारम्बार कुरुप देखिन खोज्छन् ।
मेकअप गरेका महिलालाई देख्दा जापानी नायिका सवा निमुरा आक्रोशित हुन्छिन् र अगाडि भन्छिन्–रेलमा मेकअप गर्न छाड्नुहोस् ।
अर्को भिडियोमा दुई महिला रेल भित्र लिपिस्टीक र आइलेस लगाएको र अर्की महिलाले कस्ती कुरुप भन्दै कानेखुसी गरिरहेको देखिन्छ । भिडियोबारे सामाजिक सञ्जालमा विरोध पनि सुरु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?