जापानको नयाँ नाम के राख्ने ? जापान सरकारले माग्दैन नयाँ नाम

टोकियो । जापान सरकारले देशको नयाँ युगको नाम के राख्ने भन्ने बारेमा जनतासँग राय लिने भएको छ । तर, यसका लागि जापानी सम्राट अकिहितोले गद्दी त्याग गरिसकेपछि मात्र यस बारेमा सोच विचार गरिने छ ।
जापानी सरकारी स्रोतका अनुसार यसका लागि सरकारले कार्ययोजना ल्याउने तयारी गरेको छ । जापानमा एक युगको नाम गेनगोका रुपमा जाने गरेको छ ।

एक सम्राटको शासनकालको लम्बाईका लागि नयाँ युगको नाम राख्ने प्रचलन छ । वर्तमान सम्राट अकिहितोको वर्तमान अवधि हायसी युगका रुपमा रहेको छ ।
८ जनवरी १९८९ मा वर्तमान सम्राटका पिताको शोवा नामबाट हायसीमा परिवर्तन भएको थियो । युगको नाम तत्कालिकता, वस्तुस्थिति र विकासका गतिविधिमा आधारीत भएर राख्ने चलन छ ।

सम्राट अकिहितोले ग२ी त्याग गर्ने चाहना देखाइरहेकाले सरकारले यस्तो तयारी थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?