उत्तर कोरियाको परमाणु निगरानीका लागि जापानले लियो कडा निर्णय

जापान । जापान सरकार उत्तर कोरियाको परमाणु गतिविधिका बारेमा निगरानी राख्नका लागि अन्तर्राष्ट्रिय एजेन्सीलाई सहयोग गर्न तयार भएको छ ।

जापान सरकारले उत्तरी जापानमा एक निगरानी केन्द्र स्थापना गर्ने भएको छ ।
भियना सन्धीको मर्म अनुरुप जापानले भुगर्भीय तरंगको माध्यमबाट हुने तथा हावाको माध्यमबाट रेडियोधर्मी किरण मार्फत् परमाणु परिक्षाणको निगरानी गरिने छ ।
जापानस्थित निगरानी केन्द्रमा ओकिनावा तथा गम्मा क्षेत्रका दुई केन्द्रहरु समावेश हुनेछन् । जसमा रेडियोर्मी करण मार्फत् परमाणुका बारेमा जानकारी लिइने छ ।
निगरानी उपकरण यो वर्षको अन्तिममा स्थापना गरिने छ । जापान सरकारले यो केन्द्रको कुल लागत २४ लाख डलर हुनसक्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?