राप्रपाको भातृ संगठन ओनो जापान क्युसु क्षेत्रिय समितिकाे अध्यक्षमा थापा चयन

जापान । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे प्रवासी संगठन प्रवासी नेपाली संगठन ओनो जापानको क्युसु क्षेत्रिय समितिको अध्यक्ष सन्तोष थापा चयन भएका छन ।

जापानस्थित फुकुओकाको हिमालयन किचनमा आयोजित भेलाले थापाको अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरेको हो ।

कार्यक्रममा ओनो जापानका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

नव गठित नयाँ कार्यसमितीको उपाध्यक्षमा खेम महतो,सचिवमा ज्याेति केसी र कोषाध्यक्षमा अनिश लामा चुनिएका छन ।

कार्यक्रममा सम्बोधन गर्दै ओनो जापानका वरिष्ठ उपाध्यक्ष सिलवाले राप्रपा पार्टी  नेपालको राजनितीको आवश्यकता र विकल्प भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?