नेपालको कफी जापानमा लोकप्रिय बन्दै, यसरी हुँदैछ निर्यात

काठमाडौं । नेपालमा उत्पादीत कफीले विस्तारै विश्व बजार लिदै छ । यस क्रममा नेपाली कफी जापान निर्यात हुने क्रम बढेको छ ।

बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू आर्थिक बर्षमा १५ टन पुर्याउने लक्ष्य राखिएको छ ।
जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।
कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ ।
जापानमा विशेष गरि स्याङजामा उत्पादीत कफीको माग बढी रहेको छ ।
गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ ।
फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?