प्रजातन्त्र दिवस, जापानमा पनि विशेष समारोह आयोजना

जापान । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर र विश्वभर रहेका नेपाली कुटनीतिक नियोगहरुमा विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

जापान स्थित नेपाली दुतावासले पनि विशेष समारोहको आयोजना गरेको छ ।

नेपाली दुतावास टोकियोमा आयोजित विशेष समारोहमा जापानमा रहेका कुटनीतिज्ञ, विभिन्न पेशा ब्यवसायमा संलग्न व्यवसायीहरु र सर्वसाधारणको उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।

एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?