एनआरएनए एसिया प्यासिफिक सम्मेलन मलेसियामा हुदै

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन आगामी मार्च १८ र १९ तारिखमा मलेसियाको राजधानी क्वालालाम्पुरमा आयोजना हुने भएको छ।

‘संवृद्ध राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति’ भन्ने नाराका साथ आयोजना हुने सो सम्मेलनमा जापान लगायत एसिया प्यासिफिक क्षेत्रका करिब १५ राष्ट्रका एनसीसीका अध्यक्ष सहति अन्य प्रतिनिधीहरुको सहभागीता रहने छ ।

एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले करिव पाँच सय जनाभन्दा बढीको सहभगिता हुने सम्मेलनको पहिलो दिन मैत्रिपूर्ण फुटसल प्रतियोगिता तथा दोश्रो दिन सम्मेलन हुने जनानकारी दिएका छन ।

सो सम्मेलनमा नेपालको संवृद्धिका लागि दक्ष जनशक्ति निर्माणमा गैर आवसीय नेपाल लगायत सरोकारवालाहरुले निभाउनु पर्ने भुमिकाका बारेमा छलफल हुने छ ।

एसिया प्यासिफिक क्षेत्र मातहतका राष्ट्रहरुको प्रतिबेदन प्रस्तुति र सम्बोधन सहित सुरु हुने सम्मेलनमा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको प्रमुख अतिथ्यतामा सम्पन्न हुनेछ ।

सम्मेलनमा सहभागि भई कार्यक्रमलाई सफल बनाउन एसिया प्यासिफिक संयोजक थापाले एनआरएनए अभियान्ताहरुलाई अपिल गरेका छन ।

‘एसिया प्यासिफिक फुटसल २०१७’ अायाेजना हुने,प्रथम हुनेलार्इ  १० लाख यान सहितकाे पुरस्कार

मलेसियाको राजधानी क्वालालाम्पुरमा मार्च १८ र १९ तारिकमा हुन लागेको एसिया प्यासिफिक सम्मेलनको पहिलो दिन ‘एसिया प्यासिफिक फुटसल २०१७’ प्रतियोगिता हुने भएको छ।

एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले कुल १५ देशका प्रतिनिधिहरुको सहभागिता हुने सो प्रतियोगिताले आपसी भाईचारा तथा गैरआवासीय नेपालीहरु वीच सम्वन्ध अझ प्रगाढ हुने विश्वास लिएको बताएका छन ।

प्रतियोगितामा विजेताले नगद १० लाख येन, उपविजेताले तीन लाख येन पुरस्कार पाउने छन। फुटसल प्रतियोगितामा संयोजकको भूमिका एनआरएनए जापान अन्तराष्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचनले निभाउने छन।

यसैवीच सम्मेलनमा सहभागि हुन चाहने एनआरएनए जापानका पदाधिकारी सहित स्थानिय एनसीसी पदाधिकारीहरुसंग सम्पर्क राख्न अनुरोध गरिएको छ। कार्यक्रम होटल ग्राण्ड कन्टीनेन्टल क्वालालाम्पुरमा हुने भएकाे छ ।

कार्यक्रम सम्बन्धि थप जानकारी
NRNA -Asia Pasific , Regional Meeting -2017
Hotel Grand Continental Kuala Lumpur
JJalan Belia / Jalan Raja Laut , Chowkit / Putra WTC , Kuala Lumpur , 50350, Malaysiya
Tel : + 60-03-26939333

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?