जापानमा सायद–२ को प्रिमियर सो मे १४ मा

जापान । जापानमा पनि नेपाली कथानक चलचित्र सायद–२ को प्रिमियर सो हुने भएको छ । नेपालमा असार ३० गते रिलिज गर्ने तय भएको चलचित्र जापानमा भने विशेष प्रिमियरका रुपमा मे १४ मा प्रदर्शन हुन लागेको हो ।

चलचित्र निर्माण पक्षले जापानमा रहेका नेपालीहरुले नेपाली चलचित्र प्रति देखाउको चासोका कारण विशेया सोको आयोजना गर्न लागेको प्रष्ट पारेको छ ।

निर्माता मध्येका इश्वर श्रेष्ठले जापानमा नेपाली चलचित्रको क्रेज बढेकाले प्रदर्शनको तयारी गरिएको जापान सन्देशलाई बताए । यो चलचित्र श्रेष्ठ सँगै सुनिल रावल र सुभाष लामिछानेले निर्माण गरेका हुन् भने सुशील श्रेष्ठ, सारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला, निशा कार्की, रुविना श्रेष्ठ लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका छन् ।

सुदुरपश्चिम नेपालका जेहेन्दार विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सो बाट उठेको रकम खर्च गरिने आयोजकले जनाएको छ ।

चलचित्र टोकियोको नाकानो जिरो हलमा साँझ ५:३० बजेबाट प्रदर्शन हुने छ । समारोहमा निर्माता रावल सहित कलाकारहरु सुशील श्रेष्ठ, सारोन श्रेष्ठ, दुर्गिस थापा, श्याम अर्याल लगायतको उपस्थिती रहने छ । यस अघि सायद चलचित्र पनि दर्शकको रोजाइमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?