जापान–अमेरिका नयाँ आर्थिक साझेदारीको घोषणा, दोस्रो तहका नेताले गर्नेछन् वार्ता

जापान । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकासँग द्धिपक्षीय आर्थिक सहकार्यका लागि नयाँ ढंगबाट संवादको थालनी हुने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका आबेले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता पछि आफुहरुका बीचमा द्धिपक्षीय आर्थिक सहकार्यका लागि नयाँ कार्ययोजना बनाउने सहमति भएको जानकारी दिए ।

प्रधानमन्त्री आबेले दुई देशका उच्च अधिकारीहरुका बीचमा यस्तो वार्ता हुने बताए ।
वार्ताको नेतृत्व जापानका तर्फबाट उपप्रधानमन्त्री तारो आसो र अमेरिकी उपराष्ट्रपति काइक पेसले नेतृत्व लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?