
जापान । जापानको समुद्री तटीय क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातपका कराण एक जनाको ज्यान गएको छ ।
त्यस्तै हिमपातका कराण रेल सेवा अवरुद्ध हुँदा ३० भन्दा वढी यात्रु रातभर रेलमा बस्न बाध्य भए ।
जापानको मौसम विभागले आइतबारसम्म भारी हिमपात हुनसक्ने भविष्यवाणी गरेको छ ।
विशेषगरी जापानी द्धिपको पूर्वी, पश्चिमी क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ । मौसम विभागले यात्रामा सावधानी अपनाउन तथा विजुलीको तार, खम्बा तथा रुखहरुबाट जोगिन आग्रह गरेको छ ।
हिमपातका कारण ४४ वर्षका एक व्यक्ति आफ्नो गाडी हिउमा भासिएपछि उम्कने प्रयास गर्दा असफल भएको जनाएको छ ।
हिमपातका कारण बुलेट रेल सेवा समेत प्रभावित भएको छ । तोकाइदो र सान्यो क्षेत्रका रेल सेवा प्रभावित भएका छन् ।
केही क्षेत्रमा रेलको गति कम गर्न परेको छ भने केही क्षेत्रमा यात्रामाथि रोक लगाइएको छ ।