यौन दुराचारमा संलग्न छ जना जापान प्रहरीको नियन्त्रणमा

जापान । जापान प्रहरीले अश्लील हर्कतमा संलग्न रहेको आरोपमा छ जना युवालाई पक्राउ गरेको छ ।

उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बिहीबार साँझ कानागावा प्रहरीले नियन्त्रणमा लिएको हो । संदिग्ध पेडओपहिली समुहका सदस्यहरुलाई पक्राउ गरिएको र उनीहरु मार्फत् १६० जना भन्दा बढी पीडित भएको प्रहरीको अनुमान छ ।
कानागावा सहित अन्य सात जनपद प्रहरीहरुले २० देखि ६० वर्ष समुहका छ जनालाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरि युवा युवतीका फोटाहरुलाई अश्लील बनाउने कार्य गरेको प्रहरीको अनुमान छ ।
उनीहरुले पर्यटकहरुलाई बालबालिका उपलब्ध गराउने भन्दै ठगी गर्दै आएका थिए । उनीहरुले १६८ बालबालिकाहरुलाई प्रलोभन देखाएको र प्राथमिक र जुनियर हाइस्कुलहरुमा नेटवर्क बनाइरहेको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?