टोकियोमा रेलको लिकमा परि महिलाको मृत्यु

टोकियो । जापानकी एक महिलाको रेलको ठक्करबाट निधन भएको छ ।

बाटो क्रस गर्ने क्रममा ७८ वर्षीया महिला टोकियोस्थित सिवियु इकबुकारो रोडस्थित रेलको लिकमा फसेकी थिइन् । रेल ड्राइभरका अनुसार महिलालाई देख्ने वित्तिकै उनले इमरजेन्सी ब्रेक लगाएका थिए । तर, रेल रोकिन सकेको थिएन ।

उनलाई तत्काल उद्दार गरि अस्पताल लगिएको थियो । उनको अस्पताल लगेको एक घण्टा पछि निधन भएको टोकियो  प्रहरीले जनाएको छ ।

ती महिलाको नाम भने सार्वजनिक गरिएको छैन । घटना बिहीबार बिहान ११ बजे भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको र शनिबारसम्म यथार्थ रिपोर्ट आउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?