५ जनाको हत्याका आरोपी दुई वर्ष पछि निर्दोष

जापान । जापानका एक ४२ वर्षीय व्यक्ति आवाजी द्धिपको सुमोतोमा दुई वर्ष पहिला भएको पाँच जनाको हत्या प्रकरणमा निर्देष सावित भएकाे उनका वकिलले बताएका छन् ।

तत्सुहिको हिरानो नामका ति अभियुक्तले अदालती बहसका क्रममा आफु निर्दोष रहेको बताउँदै आएका थिए ।

उनका वकिलले उनलाई राज्यले दुई वर्ष देखि बिना कारण जेल हालीरहेको र उनलाई पक्राउ गर्दा घटनाका दोषीहरुले उन्मुक्ति पाएको आरोप लगाएका छन् ।

जिल्ला अदालतले उनको थुनुवाईका बारेमा बुधबार पहिलो सुनुवाई गरेको हो । उनको मानसिक योग्यताका आधारमा पहिलो सुनुवाई भएको हो ।

अभियोजन पक्षले उनकोम ानसिक सन्तुलन ठिक भएको र उनी दोषी नदेखिने सम्भावना रहेको जनाएको छ ।

सन् २०१५ को ९ मार्चका दिन आवाजी द्धिपको सुमोतोका अलग अलग दुई घरमा चक्कु प्रहार गरि तीन महिला तथा दुई पुरुषको हत्या भएको थियो । उनीहरु ५९ देखि ८४ वर्ष सम्मका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?