ट्रम्पलाई एक्ल्याउन जापानसँग सहकार्य गर्ने फ्रान्सका राष्ट्रपतिको घोषणा

पेरिस । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विना कारण विश्वलाई तनाव दिन खोजेको भन्दै जापानसँग मिलेर उनलाई एक्लो पार्न सकिने बताएका छन् ।

अलान्दले अमेरिकी जनता पनि ट्रम्पको गतिविधिबाट वाक्क भएको उल्लेख गर्दै जापानका प्रधानमन्त्री सिन्जो आबेसँग यस बारेमा आफुले कुरा गर्न चाहेको बताएका छन् ।

उनले अमेरिकामा जापानको ठुलो लगानी रहेको र लाखौं अमेरिकनहरु जापानी कम्पनीकै भरमा जीवन गुजारा गरिरहेकाले ट्रम्पलाई साइजमा ल्याउन जापानले दवाव दिनुपर्ने बताए ।

उनले ट्रम्पकै कारण विश्व आतंकीत बन्दै जान थालेको उल्लेख गर्दै प्रशान्त सागर र एसिया प्यासिफिक क्षेत्रको रक्षाका लागि पनि जापान अग्रसर हुनुपर्ने बताए ।

शनिबार संवाददाताहरुसँग कुरा गर्दै अलान्दले ट्रम्पबाट यूरोपियन युनियनमाथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने पनि बताए ।
ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिखर सम्मेलनका अवसरमा अलान्दले सञ्चारकर्मीमाझ बताए ।
उनले इयुलाई फुटाउने, रुस र जापानबीचको सम्बन्ध विगार्ने र चीनसँग जापानलाई भिडाउने ट्रम्पको योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?