जापानी उद्योग मन्त्री भन्छन्–१५ लाख अमेरिकीलाई जागिर दिएका छौं, ट्रम्प कुरा बुझ्दैनन्

टोकियो । जापानका अर्थ व्यापार तथा उद्योग मन्त्री हिरोशिगे सेकोले अमेरिकी अर्थ व्यवस्थामा जापानी कम्पनीहरुको महत्वपुर्ण भुमीका रहेकाले यसलाई नजरअन्दाज नगर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्री सेकोले अमेरिकामा जापानी सवारी कम्पनीहरुले १५ लाख भन्दा बढीलाई रोजगारी दिएको र अमेरिकी अर्थ व्यवस्थालाई मजबुत पार्न योगदान दिएको बताए ।
उनले अमेरिकी नयाँ प्रशासनले जापानी कम्पनीहरुमाथि कर बढाउने निर्णय गरेमा आफुहरु सोच्न बाध्य हुने बताउँदै तर, अमेरिकाले यस्तो गर्न नसक्ने बताए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो अमेरिकी कार उत्पादकहरुले जापानमा व्यापार गर्न कुनै मुस्कील नभएको, तर, अमेरिकी कम्पनीहरु जापान आउन नचाहेको बताए । उनले अमेरिकी राष्ट्रपतिले कुरा नबुझी हचुवाका भरमा भाषण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?