मार्च महिनामा रुस–जापान कुटनीतिज्ञ बैठक तय, विवादीत द्धिपबारे टुंगो लाग्ने

टोकियो । जापान र रुस विवादीत चार द्धिपमा संयुक्त आर्थिक गतिविधि सञ्चालनको कार्यविधि बनाउने तयारिमा जुटेका छन् । जस अन्तरगत मार्च महिनामा जापानको टोकियोमा द्धिपक्षीय छलफल हुने भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबे र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सन् २०१६ को डिसेम्बरमा संयुक्त आर्थिक गतिविधि सञ्चालनबारे छलफल भएको थियो । दुई नेताबीच यो मामलामा सहमति समेत बनिसकेको छ ।
दुई देशबीच जापानका पुर्व नागरिकहरुलाई जापान आउन जान भिषा नलाग्ने व्यवस्था गर्नेबारे पनि छलफल भएको र कार्यविधिको टुंगो लाग्न बाँकी रहेको छ ।
रुसले नियन्त्रणमा लिइरहेको यी चार द्धिपलाई जापानले आफ्नो महत्वपुर्ण उत्तरी भाग भन्दै आएको छ ।
आफ्नो महत्वपुर्ण भुमि दोस्रो विश्वयुद्धका क्रममा रुसले जबरजस्ती कब्जा लिएको जापानी दाबी छ ।
जापानका उप विदेशमन्त्री ताकेओ आकिबाले शुक्रबार यी विषयमा छलफल भएको र मार्च महिनामा विश्तृत छलफल हुने बताएका हुन् ।

रुस भ्रमणका क्रममा त्यहाँका विदेश राज्यमन्त्री इगोर मोरगुलोफसँगको भेटवार्ता र अन्य कुटनीतिज्ञहरुसँगको छलफल पश्चात् उनले पत्रकार सम्मेलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?