जापानमा विवाह गर्दै हुनुहुन्छ ? सरकारले गर्दैछ उमेर परिवर्तनको तयारी

जापान । जापानमा विवाहको लागि अमेर बढाउने तयारी गरिएको छ । दोस्रो विश्वयुद्धपछि १६ वर्षमा विवाह गर्ने सरकारी अनुमति दिइए पनि अव त्यसलाई परिवर्तन गर्ने तयारी जापान सरकारले गरको उच्च सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

अब विवाहको लागि १८ देखि २० वर्ष हुनुपर्ने प्रावधान राख्न लागिएको हो ।

विवाह उमेरको व्यवस्था भएको विधेयक संशोधनका लागि तयारी गरिएको छ जसमा विवाहका लागि १८ देखि २० वर्षको उमेर तोकिने तयारी गरिएको जनाइएको छ ।

१९ औं शताब्दीमा बनाइएको विवाह कानून अनुसार विवाहका लागि पुरुषको उमेर १७ र महिलाको लागि १५ तोकिएको थियो ।

तर सन् २०१५ मा दर्ता भएका विवाहमा ०.२ प्रतिशतले मात्र १७ को उमेर समूहमा विवाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?