म्याटिसकाे भ्रमणप्रति जापान सरकारकाे यस्ताे अपेक्षा

जापान । जापानका प्रमुख क्याविनेट सचिव योशिहिदे सुगाले अमेरिकी रक्षा सचिव जेम्स म्याटिसको भ्रमणप्रति जापान सरकारले  राखेकाे अपेक्षाबारे जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति  डाेनाल्ड ट्रम्पको मन्त्रिमण्डलका पहिलाे सदस्य जेम्स म्याटिस शुक्रबार जापान भ्रमणमा आउने भएका छन ।सुगाले म्याटिसको भ्रमणले एशिया -प्रशान्त क्षेत्रमा अमेरिकाले जापान समक्ष  गरेको प्रतिबद्धता प्रति थप आयम थप्ने विश्वास लिएका छन ।

उनले म्याटिसंगको भेटवार्तामा पुर्वी चिन सागर स्थित सेन्काकु टापु सम्बद्ध जापान -अमेरिका सुरक्षा सन्धिमाथि छलफल गरिने जानकारी दिएका छन ।

जापान सरकारले सेन्काकु टापु सम्बद्ध जापान- अमेरिका सन्धिमाथि नयाँ अमेरिकी प्रशासनसंग छलफल गर्ने याेजना बनाएकाे छ । हाल जापानको नियन्त्रणमा रहेको सेन्काकु टापुमाथि चिन र ताईवानले दावा गर्दै अार्इरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?