नयाँ सुविधा र प्रविधी सहित सीपभ्वाईस ईन्टरनेशनल कलिङ कार्ड बजारमा

जापान । जापानबाट विश्वका जुनसुकै मुलकमा फोन सेवा प्रदान गर्ने न्यूआईटि कर्पोरेशन जापानले आफ्नो एप्लिकेशन सीपभ्वाईस सहित नयाँ प्रविधीको विशेष सुविधा भएको कलिंग कार्ड बजारमा ल्याएकाे छ ।

जापानमा रहेका आफ्ना ग्राहकको माग तथा सुविधालार्इ  मध्यनजर गर्दै न्युआईटी कर्पाेरेशन जापान अन्तर्गतको एन आईटी टेलिकमले सीपभ्वाईस कार्ड बजारमा ल्याएको हो ।

न्यू आईटिभेन्चरका वजार व्यवस्थापक ऋद्धीबहादुर तुङवाहाम्फेले  यस कार्डमा अन्य  कलिङ कार्डहरुमा जस्तो समस्या नआउने बताउदै सीपभ्वाईसमा नयाँ प्रविधी सहित सफा आवाज सुनिने सुविधा उपलव्ध गराइएको बताएका छन ।

एनआईटिभी टेलिकमले नयाँ प्रविधी सहित बजारमा आएको कार्डमा नेपालको मोवाईलमा रिचार्ज गर्न मिल्ने तथा कार्ड रिचार्ज भएको पहिलो महिना नेपाली तथा हिन्दी टिभी च्यानल निशुल्क हेर्न मिल्ने सुविधा उपलव्ध गरेकाे छ ।

साथै आफ्नो कार्डमा रहेको व्यालेन्सलार्इ टपअप अप्सनमा गई नेपालको नेपाल टेलिकम तथा एनसेलको मोवाईलमा ट्रान्सफरका गर्न सकिन्छ । यस्तै वल्डअन डिमाण्ड एप्लीकेसनमा कार्डमा रहेको आईटि र पासवर्ड प्रयोग गरेकाे एक महिना निशुल्क नेपाली टिभी च्यानल हेर्न सकिने सुविधा दिएको छ।

सफा आवाजमा तोकिएको टाईम तथा व्यालेन्समा विशेष सावधानी अपनाईएको सीपभ्वाईस कलिङ कार्ड प्रयोगकर्ताले एप्लिकेसन डाउनलोड गर्नका लागि प्ले स्टोर वा एप्पल स्टोरमा गएर एसआईपीभी ओआईसीई भनेर टाईप गरि डाउनलोड गर्नुपर्दछ।

सीप भ्वाईस कलिङ कार्डबाट फोन गर्नको लागि ईन्टरनेट सुविधा उपलव्ध नभएका मोवाईल तथा ल्याण्डलार्इन फोनबाट पनि सिधै कल गर्न सकिन्छ ।

सीपभ्वाईस कलिङ कार्ड एआईटिभी टेलिकम सहित सिद्धार्थ रेमिट जापानको सिद्धार्थ रेमिट ईन्टरनेशनल कलिङ कार्ड, बाराकाँडे गुड टाईम्स रेष्टुरेन्ट सिनओकुवो टोकियोको बाराकाँडे ईन्टरनेशनल कलिङ कार्ड, सहित सिजुओकाको हिमालयन मार्टको हिमालयन ईन्टरनेशनल कलिङ कार्डबाट पनि यसप्रकारकाे सुविधा उपयाेग गर्न पार्इन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?