यस्ता छन जापानका दश उत्कृष्ट नायिकाहरू(फाेटाेसहित)

जापान । जापानकाे फिल्मी क्षेत्रमा प्रख्यात दश उत्कृष्ट नायिकाहरू तथा तिनकाे करियरबारे चाखलाग्दा कुरा;

१०.युर्इ आरागाकी
सन १९८८ जुन ५ मा जन्मेकी युर्इ आरागाकी जापानी आदर्श मोडेल,नायिका,गायिका,आवाज अभिनेत्री तथा आवधिक रेडियो होस्ट को नामले प्रख्यात छिन । सुन्दरता तथा उत्कृष्ट अभिनयको कारण निक्कै ख्याति कमाएकी युर्इले २००८मा फिल्मी पुरस्कार स्वरुप ४५ औं गोल्डेन एरो अवार्ड जितेकी थिईन । यसका अलवा उनले सोरा नामक पहिलो एल्वम निकालेकी थिईन । धेरै फिल्ममा आफ्नो स्वर दिर्इसकेकि उनले सन २०१० देखि २०१२ सम्म गर्ल लक्स नामक रेडियो कार्यक्रम संचालन गरेकी थिईन ।

९.अाया युएटाे

जापानी सुन्दर नायिका,गायिका,मोडल,ट्यारेन्टो तथा आवधिक रेडियो व्यक्तित्वका रुपमा परिचित आया युएटो १९८५ सेपटेम्बर १४ मा जन्मेकी हुन ।सातौं जापान विशोजो प्रतियोगितामा विशेष जुरी पुरस्कारबाट सम्मानित भएकि आयाले १३ वर्षको उमेमा नै साट्सुजिन्सा नामको फिल्ममा अभिनय गरेकि थिईन । कलाकारिताका हरेक क्षेत्रमा विल्कुलै फरक ख्याती कमाएकी आयाले २००४ देखि लगातार ५ वर्ष सम्म वार्षिक सिएम क्विनको टाईटल जित्नुका साथै विभिन्न अवार्डबाट पुरस्कृत भैसकेकि छिन् ।

८.युरिको योशिताका
युरिको योशिताको जन्म सन १९८८ जनवरि २२ मा भएको हो । सन २००५ बाट आफ्नो फिल्मी करियर सुरुवात गरेकि उनले ताई कोजिमा को दोस्रो संस्करणमा अभिनय गेरिक थिईन । यसका साथै उनले कोजी माईडाको फिल्म कोजेन टोक्युमा पनि प्रमुखको भुमिका निभाएकी छिन ।

७.ईरिका टोडा
सन १९८८ अगस्ट १७ मा जापानमा जन्मेकी जापानी नायिका ईरिकाले जापानी टेलिभिजनबाट प्रशारण हुने विभिन्न नाटकमा अभिनय गरेकि छिन । लायर गेम्स,कोड व्लु,केइजोकु लगायतका विभिन्न नाटकमा प्रमुख भुमिकामा रहेकि उनले बोस,नोबुता वो प्रडुस लगायतका विभिन्न नाटकमा सहायक भुमिका निभाएकी छिन । यसका अलवा यि सुन्दर जापानी नायिका विभिन्न फिल्ममा सहायक तथा प्रमुख भुमिकामा देखिएकी छिन ।

६.माकी होरीकिता
जापानकी सुन्दर नायिका माकी होरिकिताको जन्म १९८८ अक्टोम्बर ६ मा भएको हो । सन २००३ बाट जापानी फिल्म दुनियाँमा र्पाइला टेकेकी उनले जापानी टेलिभिजनबाट प्रशारित विभिन्न नाटक , म्यागजिन र टेलभिजनका विज्ञापन एवम फिल्ममा विशेष भुमिका निभाएकी छिन । यसका अलवा उनले सन २००९ मा वेल्जियन थ्रि डि मुभिमा अभिनय गरेकि थिईन ।

५. ईरिका सावाजीरी
अप्रिल ८, १९८६ मा जन्मेकी जापानी नायिका ईरिका जापानी मोडल तथा गायिकाको नामबाट परिचित छिन । वन लिटर अफ टियर नामक नाटकबाट प्रख्यात बनेकि ईरिका सांगीतिक क्षेत्रमा पनि उत्तिकै चर्चित छिन ।

४.क्योको फुकादा
नोभेम्बर २, १९८२ मा जन्मेकी क्योको प्रख्यात जापानी नायिका तथा गायिका रुपमा परिचित छिन । उनलाई योकोहामा फिल्म फेस्टिवलले कामीकाजे गर्लका लागि उत्कृष्ट नायिकाको अवार्ड प्रदान गरेको थियो । उनले १९८७ मा नै टेलिभिजनबाट प्रशासित नाटक सोरे गा कोटाई मा अभिनय गरेकि थिईन । उनको पहिलाे फिल्म कानाई सावागुची १९९९ मा रिलिज भएको थियो ।

३.नोजोमी सासाक

विशेषत नाजोमी नामका कारण जापानी फिल्म क्षेत्रमा प्रंख्यात जापानी नायिका नोजोमी सन १९८८ फेब्रुअरी ८ मा जन्मेकी हुन । फेसन माेडलिङबाट करियर सुरु गरेकि सासाकी जापानी ग्लामर मोडल, फेशन मोडलको नाममा चर्चित छिन । सात वर्षबाटै फेशन मोडेलका रुपमा काम गर्दै आएकी उनी प्रवक्ताका रुपमा पनि प्रख्यात छिन । यसका अलवा उनले २०१० बाट म्युजिक क्षेत्रमा पनि विशेष योगदान गरेकि छिन । कामु टु फुनयान,नोजोमी उनका चर्चित एल्वमहरु हुन । उनलार्इ नो मर्शीको उपनाम पनि दिइएको छ ।

२.केईको किटागावा
जापानी नायिका तथा पूर्व मोडेल पूर्व केईको अगस्ट २२, १९८६ मा जन्मेकी हुन । जापानी सत्रौं म्यागजिनमा २००३ बाट २००६ सम्म विशेष मोडेलको रुपमा काम गरेकि उनले सेलोर मुनबाट अभिनयमा पाईला टेकेकी हुन । पुस्तक पढ्न असाध्यै मन पराउने केईको प्राय घरभित्रै बस्न र संगित सुन्न मन पराउछिन ।

१. युकिई नाकामा
१९७९ अक्टोम्बर ३० मा जन्मेकी युकिई सफल जापानी नायिका,गायिका तथा पुर्व मोडलको रुपमा प्रख्यात छिन । जापानकाे ओनिकावाको मछुवा परिवारमा जन्मेकी उनले १९९५ बाट कलाकारिता क्षेत्रमा पार्इला टेकेकि हुन । मुनलाईट टु डे ब्रेक उनको पहिलो एकल एल्वम हो । यसको अलवा उनले जापानी टेलिभिजन बाट प्रशारित हास्यव्यङ्ग्य कार्यक्रममा पनि प्रमुख भुमिका निभाएकी थिईन । उनले अभिनय गरेको गोकुसेनले २००२ मा उत्कृष्ट नाटकको उपाधि पाए पश्चात उनि एक सफल तथा उत्कृष्ट नायिकाको रुपमा स्थापित भएकि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?