माधव नेपालको प्रस्ताव : अब जापानमा रहेका नेपालीको लगानी, स्वदेशमै रोजगारी अभियान चलाऔं (भिडियो सहित)

जापान । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जापानमा रहेका नेपालीको लगानी, स्वदेशमै रोजगारी अभियान चलाउन जापानमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।

प्रवासी नेपाली मञ्च जापानले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान तथा विभिन्न संघ संस्थाहरुका बीचमा परिचयात्मक कार्यक्रमलाई भिडियो सन्देश दिदै बरिष्ठ नेता नेपालले देशको विकासको विशाल सम्भावनालाई साकार पार्न नसकेको विडम्बनापुर्ण अवस्थामा अब प्रवासी नेपालीहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

नेता नेपालले जापान जस्तो विश्वकै तेस्रो ठुलो आर्थिक शक्तिकबाट लाभ लिन सकिने र त्यसका लागि जापानमा रहेका नेपालीहरुले पहल गर्नुपर्ने बताए ।

नेता नेपालले भिडियो सन्देशमा भनेका छन्– ‘जापानमा रहेका नेपालीहरुले जापान विकासको मोडन देख्नुभएको छ, शिप सिक्नुभएको छ, त्यसलाई नेपालमा कसरी प्रयोग गर्ने भन्ने तीन पनि ध्यान दिनुपर्छ । ‘
विदेशमा गएका कोरियनहरु, चिनियाँहरु, भियतनामीहरु देश बनाउन फर्कीए जस्तै एक दिन जापानमा रहेका नेपालीहरुले पनि नेपालमा लगानी गर्ने र लाखौं युवाले स्वदेशमै रोजगारी पाउने नेता नेपालको भनाई छ ।
विश्वको तेस्रो शक्तिशाली देशमा रहेका नेपालीहरुले जापानीहरुको विनम्रता, लगनशिलताबाट पाठ सिक्दै अब देश फर्कीने र देश बनाउने योजना बनाउनुपर्ने बताए ।

उनले प्रवासी नेपालीहरुले देश विकासका लागि बनाउने योजनामा एमालेले आवश्यक पहल गर्ने बताए ।
प्रवासी नेपाली मञ्च जापानले नेपालीहरुको हक हित, नेपाली भाषा र संस्कृतिको फैलावटमा योगदान दिएको उल्लेख गर्दै नेता नेपालले जापानमा रहेका नेपालीहरुको हित गर्न सबै जापानबासी नेपाली एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?