जापानी कूटनीतिज्ञद्धारा व्यापार विस्तारका लागि अफ्रिकामा छलफल

जापान । जापानी कूटनीतिज्ञद्वारा जापानका प्राकृतिक स्रोतको व्यवसायिक विस्तारको लागि अफ्रिकन देशहरूसंग छलफल गरेका छन् ।

दक्षिण अफ्रिकाको राजधानी प्रेटोरियामा २० अफ्रिकी देशले अायाेजना गरेकाे एक सम्मेलनमा जापानी दूतावासले पनि प्रतिनिधित्व जनाएको थियो ।

सो सम्मेलनमा सहभागी भएका प्रतिनिधी राष्ट्रहरुले अफ्रिकामा जापानी कम्पनीहरुको व्यवसायिक विस्तार बारे छलफल गरेका थिए ।

जापानले प्राकृतिक तेल तथा खनिजलाई अफ्रिकन देशमा लगानी गर्ने योजना बनाएको छ । जापानी मन्त्रालयले जापानको उन्नत प्रविधि र लगानीलाई अफ्रिकन देशहरुमा लगानी गर्नू अर्थपुर्ण हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?