जापानका प्रमुख पर्यटकीय नगरीहरु एक मिनेट भिडियोमा

जापान । जापान विश्वका पर्यटकहरुका लागि प्रख्यात पर्यटकीय नगरीको रुपमा परिचित छ । विश्वभरिका यायावरहरुको लागि जापानका पुराना संस्कृति, ताल, हिमालहरु तथा प्राचिन स्तुपाहरु प्रमुख आकर्षण मानिन्छन् ।

भाषाको समस्या भएपनि वर्षेनी जापान भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा कुनै कमि आएको छैन । जापानको राजधानी टोकियो व्यस्त व्यापारिक केन्द्रको रुपमा संसारभरमा परिचित छ । त्यस्तै फुजी हिमाल र त्यसका आसपास रहेका प्राकृतिक छटाहरुले जो सुकैलाई पनि मन्त्रमुग्ध बनाईरहेको हुन्छ ।

प्राचिन स्तुपा तथा संस्कृति र  परम्पराको धनि सहर क्युतोमा पनि पर्यटकहरुको बाक्लो उपस्थिति सजिलै देख्न सकिन्छ । त्यस्तै एटम बम हमला भएको हिरोशिमाको आत्मालाई छुन्र मारिएकाहरुलाई श्रद्धाञ्जली दिन पनि धेरै मान्छे त्यहाँ भ्रमण गर्न जान्छन् ।

फुकुओका स्थानीय खानेकुराहरुको लागि प्रख्यात मानिन्छ । यसरी जापानका प्रमुख पर्यटकीय केन्द्रहरुलाई तपाईहरुले १ मिनेटमा नै अवलोकन गर्न सक्नुहुनेछ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?